रंगखबर, काठमाडौँ: अभिनेत्री पूजा शर्माले नयाँ फिल्म साईन गरेकी छन। उनि गत वर्ष रिलिज भएको ‘दान्भी’का निर्देशक रुपेश तामाङले निर्माण गर्ने आगामी फिल्म ‘एकका तीन’मा अनुवन्धित भएकी हुन्। निर्माण टिमले फिल्मको थिम पोस्टर रिलिज गर्दै निर्माण घोषणा गरेको हो सन् २०२६ मा रिलिजको योजना बनाएको फिल्ममा सुमन गजमेर लेखन रहनेछ।
सार्वजनिक पोस्टरमा थिम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरूको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।
जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्म एक्सन जनरामा बन्न लागेको हो।



