रंगखबर, काठमाडौँ: माइकल चन्दले निर्देशन गर्न लागेको फिल्म ‘राम नाम सत्य’मा कलाकारहरुको लाईनअप बलियो बन्दै गई रहेको छ। यस अघि विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट फाइनल भईसकेको फिल्ममा अब भने कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले अभिनय गर्ने भएका छन। ‘राम नाम सत्य’का टिम र आयुषको सोमबार कागजी संझौता भएको हो।
टिमसँग सम्झौता गरे लगत्तै आयुषले भने – ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’
उता निर्देशक चन्दले भने आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेको जानकारी दिएका छन्। चन्दले अर्की एउटा नायिकापनि फिल्ममा हुने जानकारी दिए।
उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।
तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।
अब हेर्न यो बाकि छकि फिल्ममा आयुषले दिव्या र सुपुष्पा मध्ये कोसँग रोमान्स गर्नेछन या उनको लागि कुनै अर्की नायिका फाईनल हुनेछिन। फिल्म साउन २९ गतेबाट फ्लोरमा जानेछ।



