रंगखबर, काठमाडौँ: सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहको फिल्म ‘सिटामोल’को अग्रिम टिकट बुकिङ ओपन भएको छ। देशभरका मल्टीफ्लेक्सले फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरि देशभरका चेनमा ३१ शो दिएको हो ।
यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेनले आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । रञ्जना, विश्वज्योति, सिके सिनेमाज लगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रीम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० बढि शोसहित प्रदर्शनमा आउने अपेक्षा निर्माण टिमको छ ।
राज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।



