फ्राईडे रिलिज: ‘सिटामोल’ र ‘मोहर’ देशभरका हलमा



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभरका सिनेमा हलहरुमा फिल्म ‘सिटामोल’ र ‘मोहर’ले प्रदर्शन सुरु गरेको छन ।

सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म सिटामोललाई राज बहादुर सानेले निर्देशन गरेका हुन्। कर्णालीको कथालाई चित्रण गरेको फिल्मलाई भुगोल कुमार कार्की र विकाश राज जोशीले निर्माण गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिटामोलको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

त्यसै गरि ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको मोहरमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले देउकी प्रथाको कथा भन्छ ।

मोहरको तुलनामा सिटामोलको अग्रिम बुकिङ्ग राम्रो भएकाले पनि फिल्मलाई दर्शकले मन पराउनेमा टिम विश्वस्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्