रंगखबर, काठमाडौँ: भदौ १२ गतेबाट रिलिज हुने फिल्म ‘कोशेढुंगा’को ‘नत्रभने जिन्दगि व्यर्थ छ’ बोलको गीतले अहिले सोसियल मिडियामा तहल्का पिटी रहेको छ। फिल्मका मुख्य अभिनेत्रीहरु रिचा शर्मा, सुरक्षा पन्त र नीति शाहले कम्मर भाचेको उक्त गीतलाई दर्शकहरुले औधि रुचाईरहेका छन।
गीतले टिकटकमा अहिले सम्म ११७ मिलियन भिउज, १ करोड ३० लाख लाइक, २० लाख प्रतिक्रिया तथा १४० हजारले गीतमा टिकटक बनाइ सकेका छन। भने गीतलाई युटुवमा ३० लाख पटक हेरीसकिएको छ।
फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने प्रेबिल कंडेल र किशोर अनुरागले निर्माण गरेका हुन्। फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित फिल्म बनेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको फिल्म ‘कोशेढुंगा’मा सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाहका साथै मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । भने आर्यन सिक्देलले विषेश भूमिका निभाएका छन।
बाबु श्रेष्ठले छायांकन गगरेकोमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।
‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो फिल्म डायस्पोरामा नेपाली फिल्मकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।
पहिलो पटक यति धेरै देशमा एकसाथ फिल्म प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।




