रंगखबर, काठमाडौँ: फिल्म ‘कोशेढुंगा’को टिम यतिबेला फिल्मको प्रचारमा दौडधुप गरिरहेको छ। विशेष गरि अभिनेता आर्यन सिग्देल, अभिनेत्री सुरक्षा पन्त र नव नायक मन्जिल कुमार तथा फिल्मका निर्देशक सरोज पौडेललाई यति बेला फिल्मको प्रचारमा हिड्न भ्याई नभ्याई भईहेको छ। फिल्मका टिम यतिबेला कलेज स्कुल पुगेर फिल्मबारे जानकारी दिदैछन्।
रिलिजको पुर्व सन्ध्यामा अभिनेत्री सुरक्षा पन्त महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमातीज मनाउन पशुपति परिसर पुगेकी छन् । पशुपतिको दर्शन पछि भक्तजनसँग नाच्दै गाउँदै फिल्म ‘कोशेढुंगा’को प्रचारमा जुटेकी छन् । उनले भक्तजनसँग फिल्ममा समावेश गीत नत्र भने जिन्दगि व्यर्थ छमा कम्मर पनि भाच्न भ्याएकी छिन्।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।
फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । फिल्मलाई सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।
सरोज पौडेलको निर्देशन रहेको यो फिल्म भदौ १२ गतेबाट नेपाल सहित विश्वका ४० बढी देशमा रिलिज हुदैछ।



