रंगखबर, काठमाडौँ: रिलिजको मुखमा रहेको फिल्म बलिदानप्रति निर्देशक असोक शर्माले गम्भीर आरोप लगाएका छन। आगामी फूलपातीबाट रिलिज हुन लागेको फिल्मलाई ”चलचित्र छायांकनमा बिदेशी प्राविधिक ल्याउने चलचित्रको सम्पूर्ण काम बिदेशमै गर्ने ,चलचित्रको रिलिज पनि बिदेशबाटै गर्ने अनि भन्ने चाहिँ मातृभूमिको लागि यो ज्यान बलिदान रे” भन्दै आरोप लगाएका हुन्। त्यसो त अशोक शर्माले यस अघि निर्देशक सेन र उनको कामको तारिफ गर्न कुनै कसर छोड्ने गरेका थिएनन। तर एक्कासी शर्माले उनलाई फिल्मको सबै काम विदेशमा गर्ने अनि यो ज्यान नेपाल आमालाई कस्तो खालको बलिदान हो भन्ने गम्भीर प्रश्न उठाएका छन्।
शर्माको यस्तो अभिव्यक्ति आएपछि फिल्म बलिदानका टिमले अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। उनको उक्त स्ट्याटसमा शर्मालाई नकारात्मक कमेन्टको बर्षात भईरहेको थियो जसको कारणले पनि उनले आफ्नो उक्त आरोपपूर्ण प्रतिक्रियालाई डिलेट गर्दै फेरी फिल्मकै तारिफ गरेका नयाँ स्ट्याटस लेखेका छन। उनको दोश्रो स्ट्याटसमा उनले बलिदान अब मातृभूमि बाटै रिलिज हुने
बधाई छ सन्तोष भाइ र प्रेम भाइ लाई भन्दै फेसबुक मा पोस्ट गरेका छन।
जे हो अब सन्तोष सेन र बलिदानको टिमबाट कस्तो प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाकि छ।



