रंगखबर, काठमाडौँ: जीवन शाही निर्देशित फिल्म स्त्रीको प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर रिलिज गर्दै आगामी फागुन २९ गतेबाट देशभर रिलिज गर्ने जानकारी दिएका छन।
सलोन बस्नेत, पुर्व मिस नेपाल नम्रता श्रेष्ठ र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्मको फर्स्ट लुक पोस्टरले फिल्म महिनावारी सम्बन्धी विषयवस्तुमा आधारित रहेको भान गराउँछ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम् कै रहेको छ। फिल्ममा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन तथा सुकनिता चौलागाईंको ड्रेस डिजाइन रहेको छ । सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई (प्रतीक), रिता श्रेष्ठ र मञ्जु राजबंशी छन् ।
समीर राईले निर्माण गरेको फिल्ममा किशन अर्यालको पटकथा रहेको छ।
सलोन, नम्रता र रिस्ताका अलावा फिल्ममा प्रमोद अग्रहरी, दिनेश डिसी, दीपाश्री निरौला, बाल कलाकार दिप्सन चिलवाल लगायतको पनि अभिनय रहेको छ ।



