‘पी आर’को ‘तिमी छौ र त’ रिलिज



रंगखबर, काठमाडौँ: शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘पी आर’को नयाँ गीत रिलिज भएको छ।  आईतबार फिल्मका नायक आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर फिल्ममा समावेश ‘तिमी छौ र त’ बोलको गीत निर्माण टिमले रिलिज गरेको हो।

अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ। यो गीतको भिडियो सलोमा युटुब च्यानलमार्फत रिलिज गरिएको हो। जहाँ अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य हेर्न सकिन्छ।

सनुप पौडेल र नीतु पुनको आवाज रहेको गीतमा मानस राजको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

गीत रिलिज भएसंगै अभिनेता निर्माता तथा फिल्मका निर्देशक शोभित बस्नेत फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको जनाएका छन। उनि थप्छन ,‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’

रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। फिल्ममा बन्दे प्रसादको सम्पादन तथा गणेश बुढाथोकीको लेखन रहेको छ।

सौरभ सायमी र सौरभ लामाले खिचेको फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ। फिल्म यहि मंसिर २६ गतेबाट हलमा लाग्दैछ।

प्रतिक्रिया दिनुहोस्