‘बिगुल’को ‘वनकी कोइली वनमै रमायो’ रिलिज



फिल्म ‘बिगुल’को नयाँ गीत रिलिज भएको छ।  निर्माण टिमले शनिबार फिल्ममा समावेश ‘वनकी कोइली वनमै रमायो’ बोलको गीत रिलिज गरेको हो।  गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत मनोज चौलागाईंले तयार पारेका हुन् ।  युवायुवतीबीचको प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई केन्द्रमा रखिएको गीतमा अभिनेता यशराज गराज (सुरज) र अभिनेत्री ऋचा थापाका साथमा रमेश बुढाथोकी, बेनिशा हमाल, विनोद न्यौपाने, गीता अधिकारीलगायतलाई पनि देख्न सकिन्छ।

यहि माघको ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको फिल्मले विकृत राजनीतिले सिर्जना गरेको जननिराशा र युवापुस्तामा बढ्दो आक्रोशलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गर्नेछ ।

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म देशको समसामयिक राजनीतिक तथा सामाजिक कथावस्तुलाई समेटीएर बनाईएको हो। फिल्ममा नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित, जेएन घिमिरेलगायतको पनि अभिनय रहेको छ।

त्यसो त निर्देशक कोइरालाका साथमा फिल्मका कथाकार तथा निर्माता दिनेश कोइराला यतिबेला पूर्वी नेपालका बिराटनगर,इटहरी,धरान,दमन,बिर्तामोड हुदै हेटौडा र चितवनका दर्शकहरु माझ प्रत्यक्ष रुपमा पुगेर ‘बिगुल’ प्रदर्शन हुन लागेको सन्देश पुर्याएका छन् । करिब एक साता लामो मोफसल टुरमा निर्माता,निर्देशकले आफ्नो फिल्म प्रति दर्शकको अभिरुचि र प्रतिक्रिया बुझेनन् मात्र फिल्म हेर्नका लागि सबैलाई आह्वान पनि गरे । देशको समसामयिक राजनीति,जनताको चासो,हकअधिकार, समाजीक न्याय अनि पारिवारिक दायित्वको बिषयलाई उजागर गरिएको फिल्मको प्रचारप्रशारमा सामाजीक संस्था जेसिसले पनि भरपुर साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्