काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकारहरू मिस पबी र बुद्धि तामाङ फिचर गरिएको डकुमेन्ट्री प्रदर्शन भएको छ । निफ अन्तर्गतको सिजाङ पानारोमामा वाङ लिन्जी द्वारा निर्देशित डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो । नक्सालमा राखिएको यस प्रदर्शन कार्यक्रममा नायिका स्वस्तिमा खड्का र नेपाली फिल्मका निर्देशक निश्चल बस्नेत उपस्थित भएका थिए । नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडिया का ९ युवाहरूले चीनमा अनुभव गरेका गतिविधिहरू यस डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । सांस्कृतिक सम्पदाको संरक्षण, हरित ऊर्जाको विकास, आधुनिक जीवनशैली, वातावरण संरक्षण र उच्च गतिमा प्रविधि तथा विकासलगायतका विषयमा चीनले गरेका कामहरू डकुमेन्ट्रीमा देखाइएको छ । निफको सिजाङ पानारोममा पाँच फिल्म प्रदर्शन गरिएको थियो । जसमा फिल्महरू ‘स्नो लियोपार्ड’ ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’, ‘सनराइज ओभर द प्लेटो’ र ‘वारियर किङ’ प्रदर्शन गरिएको थियो ।


