नीताले गरिन ‘पार्वर्ती’को शुभुमुहूर्त



नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’को शुभुमुहूर्त भएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको हो।
यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्दैछिन्। साथै फिल्मको मुख्यभुमिकामा उनी आफैले रहने छिन्। नीताका साथमा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ। यतिबेला सबै कलाकारहरु सुटिङ सेटमा नै रहेको कार्यकारी निर्माता शंकर पाण्डेले जानकारी दिए। फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।
यस फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। यसअघि निर्माताको नाम निर्माण टिमले गोप्य राखेको थियो। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।
निर्माण टिमले यो फिल्मको प्रदर्शन मिति आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने जानकारी दिइसकेको छ। सोही समयमा नै फिल्म रिलिज गर्ने उदेश्यका साथ काम फटाफट थालिएको निर्देशक ढुङ्गानाले बताईन्। उनका अनुसार यस फिल्मको सुटिङ सेड्युल एक महिना आसपासको रहेको छ।

प्रतिक्रिया दिनुहोस्