गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’को चर्चामा छ। फिल्म हलमा लागिरहेको अवस्थामा निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिरही बतास’सार्वजनिक गरेका छन्। आइतबार निर्माण टिमले स्वरूपराज आचार्यको स्वर,सुरेन्द्र रानाको शब्द रचना तथा सत्य–स्वरूपको संगीतमा तयार पारिएको यस गीतको भिडियो रिलिज गरेका हुन्।
यो गीत युटुबमा रिलिजभएसँगै फिल्मलाई थप प्रमोसनमा साथ मिलेको छ। सार्वजनिक गीत ‘बिरही बतास’ले फिल्मको कथावस्तुलाई अझ गहिरो बनाउँदै दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ। यस गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने रेकर्डिङ राजेश श्रेष्ठको छ। साथै गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।
फिल्म ‘परालको आगो’मा प्रकाश सपुत,सुहाना थापा,सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। साथै शंकर आचार्य, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने र मञ्जिल बानियाँको पनि अभिनय रहेको छ।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्माण गरिएको यो फिल्मले प्रदर्शनको नवौं दिनमा ३ करोडभन्दा बढि कमाई गरिसकेको छ। निर्माता पोखरेलले यो फिल्मको ९ दिनको कमाई ३ १३ लाख रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएको बताए।
https://youtu.be/cbPJ_BcvayY?si=_PDmHxoYboJYQEUk




