ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् । सिनेमामा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन् । कथा यिनै पात्रहरूको जीवन वरिपरि घुमेको छ ।
सुरुवातमा निकै रमाइलो देखिने उनीहरूको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ ।
यही २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमाका निर्देशक राजबहादुर साने हुन् । निर्देशक सानेकाअनुसार सिनेमाले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ ।
त्यस्तै, सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।\



