उर्मिलामाथि कंगनाको भद्दा टिप्पणी, ‘उनि सफ्ट पोर्नस्टार हुन्’



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनाउत र विवाद एक-अर्काका परिपुरक हुन् । सार्वजनिक मुद्धामा धक नमानी बोल्ने कंगना पछिल्लो समय आफ्नै कडा अभिव्यक्तिका कारण विवादमा फस्दै आइरहेकी छन् ।

कोरोना महामारीको मौसममा उनले बोलेरै बलिउडकर्मीलाई आफ्नो दुस्मन बनाइन । सुरुवातमा सुशान्त सिंह राजपुतको आत्महत्यामा ‘नेपोटिज्म’ घुसाएर बलिउडका केहि सेलेब्रेटीको निन्द्रा हराम गरेकी कंगना महाराष्ट्र सरकारहुँदै समाजवादी दलकी जया बच्चन विरुद्द खरो उत्रिसकेकी छन् ।

उनको पछिल्लो निशानामा अभिनेत्री उर्मिला मातोंडकर परेकी छन् । कंगनाले उर्मिलालाई सफ्ट पोर्नस्टारको संज्ञा दिदै भद्दा टिप्पणी गरेकी छन् ।

उर्मिलाले एक अन्तर्वार्तामा कंगनाप्रति टिप्पणी गर्दै भनेकी थिइन् ‘कंगनाले कहिलेसम्म महिला र शिकारको खेल खेल्छिन ? उनि यदि ड्रग्स विरुद्दको लडाई गर्न चाहन्छिन भने किन हिमाचल प्रदेशबाट सुरु गर्दिनन् । भारतमा ड्रग्सको ट्रेन्ड सुरु भएकै हिमाचल प्रदेशबाट हो ।’

उर्मिलाको यस्तो टिप्पणीपछि कंगना उनिमाथि खनिएकी हुन् । ‘उर्मिला एक सफ्ट पोर्नस्टार हुन् । मलाई थाहा छ यो थोरै भद्दा टिप्पणी हो । उनि आफ्नो अभिनयका कारण कहिल्यै परिचित भइनन् । त्यसो भए उनि केको लागि परिचित छिन त ? सफ्ट पोर्नस्टार ! कंगनाले अन्तर्वार्तामा आक्रोश व्यक्त गरिन ।

चुनाव लड्न चाहे भाजपाले आफुलाई पनि टिकट दिने कंगनाले बताइन । ‘यदि उर्मिलाले काँग्रेसबाट टिकट पाउछिन भने मैले किन पाउन सक्दिन ।’ उर्मिलाले आफ्नो संघर्षको मजाक बनाएकोसमेत कंगनाले आरोप लगाइन ।

कंगनाको भद्दा टिप्पणीपछि केहि बलिउडकर्मी उर्मिलाको सपोर्टमा उत्रिएका छन् । स्वरा भास्कर, अनुभव सिन्हा, फराह खान, देवोलिना भट्टाचार्जीले उर्मिलाको पक्षमा ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्