हमाल जोडी पहिलोपटक सार्वजनिक कार्यक्रममा संगै देखिए !



रंग खबर, पोखरा । महानायक राजेश हमाल पहिलोपटक श्रीमती मधु भट्टराईसंग सार्वजनिक कार्यक्रममा देखिएका छन् । पोखरामा शुक्रवारदेखि शुरु भएको दोस्रो वृहत शैक्षिक मेलाको उद्घाटन समारोहमा उनी श्रीमती सहित देखिएका हुन् ।

Rajesh and Madhu

उद्घाटन समारोहका प्रमुख अतिथ समेत रहेका हमालले त्यँहा विद्यार्थीहरुसंग शैक्षिक अन्तरक्रिया समेत गरे । ‘चलचित्रपछि मेरो दोश्रो रोजाई भनेको शैक्षिक क्षेत्र नै हो ’, उनले कार्यक्रममा सुनाए । युवापुस्तासंग शिक्षाका बारेमा कुरा गर्न रुचाउने हमालले कार्यक्रममा शिक्षाको आवश्यकताका विषयमा समेत बोलेका थिए ।

पछिल्लो समय युवापुस्ताको रोजाई वैदेशिक शिक्षा पनि हुने गरेको छ । ‘राम्रोसंग बुझेर मात्र विदेश अध्ययन गर्न जानुपर्छ ’, उनको सुझाव थियो । विश्व ग्लोबल भिलेजको रुपमा परिणत भैसकेको अहिलेको अवस्थामा विद्यार्थीको कन्फ्युजन हटाउनका लागि पनि यस्ता खाले मेलाले सघाउ पुर्याहएको उनले बताए ।

पहिलोपटक हमालसंग सार्वजनिक कार्यक्रममा देखिएकी मधुले भने केही बोलिनन् । सबैका लागी मुख्य आकर्षण बनेका राजेश र मधुले मेलाको सम्पूर्ण स्टलहरुको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्