चैत ६ मा आउने भयो ‘धुन’ । यस्तो छ फिल्ममा जीवन, निता र मुकेशको पहिलो मुहार



रंग खबर, काठमाण्डौ । सांगितिक प्रेम कथामा आधारित चलचित्र ‘धुन’ आगामी चैत्र ०६ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउने भएको छ । अफिसियल फस्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिती घोषणा गरिएको हो ।

dhoon-1

सार्वजनिक भएको पोष्टरमा चलचित्रका मुख्य कलाकार जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाललाइ देखाइएको छ । चलचित्रले सांगितिक प्रेम कथा बोल्ने भएकोले सार्वजनिक पोस्टरबाट समेत संगीत र प्रेमको भाव झल्किन्छ ।

काठमाण्डौं र पोखरामा छायांकन गरिएको यस चलचित्रमा श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको पनि अभिनय रहेको छ । यो चलचित्रमा संगीत लक्की सिटौलाको तथा द्वन्द्व चन्द्र पन्तको रहेको छ, भने चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

dhoon-2
तारा सितारा प्रोडक्शनको व्यानरमा तयार भएको यो सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । पौडेलको यो पहिलो निर्देशकिय चलचित्र हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो सिनेमामा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्