ढिलो-चाँडो फिल्म बनाउँछु : जीवन लुईटेल



जिवन लुइँटेल अहिलेका चल्तापुर्जा अभिनेता हुन् । सन् २००२ मा सम्पन्न मिस्टर नेपालको उपाधी चुमेपछि जिवन टेलिभिजन जक्की, मोडलिङ हुँदै नेपाली फिल्ममा प्रवेश भएका थिए । जिवनले पहिलो पटक अभिनय गरेको भिडियो फिल्म ‘तिर्खा’ हो । जिवनले हालसम्म दुई दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । जिवन अभिनित पछिल्लो फिल्म ‘स्टुपिड मन’ दोश्रो सातामा प्रदर्शनरत छ । यो फिल्मले हलमा दर्शक र समिक्षाकको प्रतिक्रिया समेत राम्रो पाइरहेको छ । फिल्म प्रदर्शन पुर्व अभिनेता जिवन लुइँटेलसँग उत्सव रसाईलीले गरेको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

एउटा कलाकारको सफलताको मापन कसरी गर्ने ?
कलाकारको करिअर उठानमा उसले गरेका कामको प्रतिफल राम्रो नै हुनुपर्छ । राम्रो प्रतिफल पाउनुको मतलब उसको चर्चा र परिचर्चा हो । दर्शलाई राम्रो फिल्म खेल्छु भन्ने भान हुनुपर्यो । क्रिटिक्स, मिडिया मात्रै नभएर समाज सामु पनि राम्रो प्रभाव पार्नु पर्यो । व्यस्तता र सफलता एउटा कलाकारको लागि करिअर मापन गर्ने कुरा हो ।

तपाइको फिल्मी यात्रा कसरी अगाडी बढिरहेको छ ?
फिल्म क्षेत्रको रथ एउटै मात्र घोडाले तानिरहेको छैन । यहाँ रथ तान्ने घोडाहरु धेरै छन् र सबै जना आ आफ्नै गतिमा चलिरहेका छन् । गति कम हुँदैमा असफल भयो भन्ने होइन । फिल्म खेल्ने क्रममा कहिले सफल हुन्छ कहिले असफल । त्यसैले कहिले सफलताको बाटोमा हिडिन्छ, कहिले असफलतालाई आत्मसाथ गर्दै अनुसाशित ढंगले अगाडी बढिन्छ । फिल्म असफल हुने वित्तिकैको उसको करिअरै सबै डुव्यो भन्ने होइन । एउटा फिल्म सफल हुनुमा एउटा कलाकारको मात्रै हात हुँदैन् । एउटा फिल्म फल्प हुँदैमा फलानो हिरो हिरोइन फल्प भयो भन्नुले त्यति अर्थ राख्दैन । एउटा एक्टरको ११ वटा फिल्म फल्प भएपनि १२ औं फिल्म हिट हुँदा ऊ रातारात सुपरस्टार बन्न सक्छ । कलाकारको हकमा दुई वटा फिल्म फल्प हुँदैमा ऊ गयो या दुईटा फिल्म हिट हुँदैमा ऊ चरमचुलीमा गयो भन्ने हुँदैन । चरमचुलीमा पुग्न सजिलो होला तर चुलीलाई बचाएर राख्न गाह्रो छ । कहिले तल झरिन्छ कहिले माथि गइन्छ यो क्रम रहि रहन्छ ।

आफुलाई कुन स्थानमा उभ्याउनु हुन्छ ?
यो स्थान भनेर मैंले हिजोको दिनमा पनि उभ्याइन, आज पनि उभ्याउदिंन र भोलीको दिनमा पनि उभ्याउने छैन । बक्स अफिसमा असफल भएका फिल्मका संख्या मेरो कमै होला । बम्परै नभएपनि प्रोड्युसरलाई सुरक्षित गराएका मेरा फिल्महरु धेरै छन् ।

Jiwan luitel

जिवन लुइँटेलको लागि नै भनेर फिल्म हेर्न आउने कति होलान् ?
मलाई मात्रै हेर्न दर्शक आउँछन् भन्ने पनि छैन । अहिले कलाकारको लागि मात्रै भनेर फिल्म हेर्न जाने जमाना पनि छैन । यो निर्देशक र यो संगीतकार भनेर पनि फिल्म हेर्न जाने जमाना छ । सँगै पोस्टरमा फोटो देखेर फलानो हिरोको फिल्म हेर्नुपर्छ भन्ने पनि छ । जिवन लुइँटेलको फिल्म हेर्नुपर्छ भन्ने दर्शक पनि छन् नभएका होइनन् ।

तपाइँ चतुर हुनुहुन्छ रे नि ?
म साहित्य प्रेमी मान्छे हुँ । । मलाई जुन ट्याग लागेको छ यसलाई म सहर्ष स्विकार गर्छु । राम्रो बोल्ने प्रयास गर्छु । अनुसाशित तवरले फिल्ममा लागिरहेको छु । फिल्मको सपना देखेर फिल्म क्षेत्रमा आएको हुँ । मेरो सपना विपना, ईच्छा उद्धेश्य जे भनेपनि फिल्म नै हो । विदेशमा पनि फिल्मको बजार विस्तार गर्नमा सहयोग पुर्याइरहेको छु ।

‘स्टुपिड मन’ कस्तो छ ? 
फिल्म राम्रो बनेको छ । एउटा राम्रो फिल्म बन्न धेरै कुराहरु जोडिएको हुन्छ । त्यो कुरा फिल्म ‘स्टुपिड मन’ मा सबै छ । यसको लोकेशन, गीतसंगीत, पटकथा राम्रो छ । यो फिल्मले नेपाली फिल्मले पनि यस्तो बन्दो रैछ भन्ने देखाउँछ । यो फिल्म कर्मसियल्ली पनि एउटा फुल प्याकेज हो ।

फिल्म कहिले निर्माण गर्ने ?
समय लाग्छ । मलाई फिल्म खेल्न चारैतिरबाट प्रस्ताव आइरहेको छ । त्यसकारण तत्काल फिल्म बनाउने योजना छैन । जति खारियो त्यति राम्रो हुन्छ जस्तो लाग्छ । यही क्षेत्रमा छु, ढिलो चाँडो  फिल्म बनाउँछु ।

प्रतिक्रिया दिनुहोस्