आठ वर्षिया निर्देशक भन्छन्– ‘मेरो फिल्म प्रोमो भन्दा नि राम्रो'(भिडियो)



रंग खबर, काठमाण्डौ– आठ वर्षिया बालक सौगात विष्टले निर्देशन गरेको प्रतिक्षित फिल्म ‘लभ यू बाबा’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । आउँदो मंसिर २६ गतेदेखि देशभर प्रदशर्नमा आउन लागेको यस फिल्मको साढे १ मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।

saugat bista

सार्वजनिक ट्रेलरमा गजित विष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा लगायतका कलाकारलाई देख्न सकिन्छ । एउटा छोरीलाई आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्षको कथा बोल्ने यस फिल्मले दर्शकलाई रुवाउने चर्चा शुरु भएको छ । मर्मस्पर्शी ट्रेलर हेरेपछि यस्तो चर्चा शुरु भएको हो ।

ट्रेलरको अन्त्यमा निर्देशक सौगातले फिल्म राम्रो बनेको बताएका छन् । ‘विश्वास गर्नुस् फिल्म ट्रेलर भन्दा नि राम्रो बनेको छ ’, सौगातले भनेका छन् ।

विश्वकै सबैभन्दा कान्छो निर्देशकका रुपमा ‘गिनज वुक अफ वल्र्ड रेकर्डस्’ मा सौगातको नाम लेखाउने प्रक्रिया चलिरहेको छ । सम्झना पोखरेलको लगानी रहेको फिल्म ‘लभ यू बाबा’ मा सत्य स्वरुपराज आचार्य, डेनी निर्रौला, दिपक शर्मा र पप्रदीप बाँस्तोलाको संगीत रहेको छ ।

दिव्यराज सुवेदीको छायाँकन रहेको फिल्म ‘लभ यू बाबा’ मा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । अभिनेता गतिज स्वयम् फिल्मका कथाकार हुन् । फिल्म ‘लभ यू बाबा’ मा गम्भिर विष्टको संवाद एवं कोरियोग्राफी छ । रोशनी बज्रचार्यको फिल्ममा सह लगानी छ ।

Watch Promo Here :-

[its_video]http://youtu.be/W4RXlTkFMkY[/its_video]

 

 

प्रतिक्रिया दिनुहोस्