‘गालै रातै’ निताको शोहितसंग झ्याप्पै (भिडियोसहित)



रंग खबर, काठमाण्डौँ । योगेश घिमिरे निर्देशित फिल्म ‘भूल भूलैया’ मा समावेश डान्सिङ नम्वरको गीत सार्वजनिक भएको छ । ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको सार्वजनिक गीतमा अभिनेत्री निता ढुङ्गाना र अभिनेता शोहित मानन्धरले झ्याप्पै नृत्य प्रस्तुत गरेका छन् ।

bhulbulaiya

सेटमा छायाँकन गरिएको ‘भूल भूलैया’ को झ्याप्पै गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने स्वर प्रल्हाद तिमल्सिना र मिलन अमात्यको छ । संगीत बसन्त सापकोटाको र राजेन्द्र थापाको शब्द छ । बाबु श्रेष्ठ ‘भूल भूलैया’ का छायाँकार हुन् ।

शिवम अधिकारीको स्क्रिप्ट रहेको फिल्म ‘भूल भूलैया’ प्रेम कथा वस्तुमा आधारित छ । फिल्ममा निता,शोहित र अभिनेता जिवन लुइँटेलेको मुख्य भूमिका रहेको छ । फिल्ममा दिनेश कुमार पोखरेलको लगानी छ । यो फिल्म चैत्र १३ देखि सार्वजनिक प्रदशर्नमा आउदैँछ ।

गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् :-

[its_video]http://youtu.be/recsa_XyJUk[/its_video]

 

 

प्रतिक्रिया दिनुहोस्