मोदीमाथि हास्य व्याङ्ग्यका कारण रोकिएको तीतो सत्य प्रशारण हुने



deepak and deepa shreeरंग खबर, काठमाण्डौं, मंसिर २५– भारतिय प्रधानमन्त्री मोदीमाथि हास्य व्याङ्ग्य गरेको भन्दै गत साता प्रशारण रोकिएको साप्ताहिक हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ आज (बिहिबार) देखि प्रशारणमा आउने भएको छ ।

एनटिभिको सेन्सर बोर्ड सदस्य र तितो सत्य निर्माण युनिटबचि सोमबार भएको छलफल पश्चात् तीतो सत्यको प्रशारण सुचारु हुने भएको हो । मोदी माथि गरिएको हास्य व्याङग्यको केही संवाद तथा दृश्य काँटछाँट गरिएको निर्माता, निर्देशक तथा कलाकार दीपकराज गिरीले बताए । फिल्म ‘वडा नं ६’ को छायाँकनमा व्यस्त दीपकले भने, ‘केही दृश्य र संवादमा काँटछाँट गरिएको मात्रै हो अरु जस्ताको त्यस्तै प्रशारण हुन्छ ।’ यद्पी उनले मोदी माथि गरिएको हास्य व्याङ्ग्य काँटछाँट गर्नु पर्ने भने नभएको बताए ।

आगामी दिनमा पनि राजनितिक नेता माथि हास्य ब्याङ्ग्य जारी रहने दीपकले उद्घोष गरे । उनले भने, ‘कुटनीतिक सम्बन्ध, कुनै पनि जाती, धर्म र समुदाय माथि ठेस पुग्ने हास्य ब्याङ्ग्य गरेका थिएनौं र गर्ने पनि छैनौं । तर, राजनीतिक नेता माथिको हास्य व्याङ्ग्य भने जारी छ ।’ मोदी माथि व्याङग्य गरेकै कारण ‘तीतो सत्य’ प्रशारणमा रोक लागेको विषयले राम्रै चर्चा पायो ।

प्रतिक्रिया दिनुहोस्