हराएको छैन, पूरै खुलेर आइरहेकी छु : गायिका राई



नेपाली सुगम गित—संगितको इतिहासमा पुर्वक्षेत्रका कलाकारहरुको उचाई आफ्नै इतिहास रहेको देखिन्छ । खासगरी पुर्वक्षेत्र नेपाली गितसंगितको नौलो आयम थप्ने कलाकारहरु जन्माउँने थलो हो भनेर चिनाइरहनु नपर्ला । यी र यस्तै कलाकार जन्माउँने क्षेत्र मध्ये खोटाङ्गमा जन्मिएर बिगत लामो समयदेखी निरन्तर सर्घषशिल छिन्—कला राई । उनै कला नाम अनुसारको गितसंगितको कलाक्षेत्रमा चम्किलो बनेर छाइरहेकी छिन् ।  पुर्वेलि दर्शक र स्रोता माझ अहिले पनि गुञ्जिरहने उनको गित—पान्धारे चौकी, माया पो नलाई वा मरिन्छ कि । यो गीत गाएर चर्चा बटुलेकी गायिका कला पहिलो एल्बम् कला, दोस्रो एल्बम अफर ल्यााएर नेपाली सांगितिक आकाशमा चम्किएकी हाल तेस्रो एल्वम् लुक्स लिएर देखा पर्दैछिन्  । प्रस्तुत छ उनीसँग रंगखबरका लागी अनिलदेव राईले गरेको कुराकानी :-

आफुलाई कस्तो कलाकार जस्तो लाग्छ ?
सामान्य एउटा गायिका हुँ । म एक दशक भन्दा वढी नेपाली गितसगितको साधनामा रहेकी गायिका हुँ ।

kala rai 02

धेरै लामो समयपछि एल्वम् ल्याउँनुभयो नि ?
हो । लामो समयपछि मात्र एल्बम् ल्याएकी छु । देशभित्र र देश वाहिर हुने बिभिन्न कार्यक्रममा सहभागि भइरहेकी नै छु । हतारमा एल्बम् ल्याउँनु भन्दा उत्कृष्ट एल्बम् ल्याउँनु राम्रो हो जस्तो ठानेर पनि यस्तो हुन गएको हो ।

कला राई चिन्ने धेरैले हराउनुभयो नि भन्छन नी ?
हराएको छैन, पूरै खुलेर आइरहेकी छु । नयाँ एल्बमको तयारीमा भएकाले बाहिर नदेखिएकी हुँ । मंसिरमा मेरो नयाँ एल्बम बजारमा आउँदै छ । म हराएकोचाहिँ भन्न मिल्दैन ।

बीचमा के कस्ता काम गर्नुभयो त ?
कतिपयले ग्याप भयो भने तर निरन्तर गीत गाइरहेकी छु । अरूको कलेक्सनमा पनि गाइरहेकी छु । केही स्टेज कार्यक्रममा सहभागी भइरहेकी छु ।

पान्धरे चौकीुजस्तो स्वादिलो गीत त आएनन् नि ?
पान्धारे चौकीजस्तै स्वादिलो गीत त गाइरहेकै छु । बुकी है फुल्यो लेकैमा ढाकेर हजुर सेताम्यै, हाँसूँ नि लाग्छ नाचूँ नि लाग्छ, के भयो हजुर अचम्मै जस्ता सुन्दर गितहरु गाएकी छु । यस्तै संगिनीलाई सुनाऊँ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको, जति छोपूँ देखिने रङ बैंसको, कहाँ लगी बिसाऊँ साइनो उमेरकोु जस्तो गीत गाएकी छु। यी गीत पनि श्रोताले मन पराइदिनुभएकै छ ।

नयाँ एल्बम् लुक्सुमा के कस्ता गीत छन् ?
यसमा सबै खालका गीत समेटिएका छन् । मेरो आफ्नो धार छ, त्यो छाडेको छैन । मेरो धार भनेको सेन्टिमेन्टल गीतहरू हुन् । तर, सबै श्रोताको मन जित्ने खालका गीत समेटिएका छन् जस्तो लाग्छ, नयाँ एल्बम लुक्समा । सेमी पप, फास्ट बिटको गीत, आधुनिक तथा सेन्टिमेन्टल गीत पनि छन् । ६ वटा गीत समेटिएका छन् । यस एल्बममा भूपाल राई, मुकेश राई, भानेन्द्र लिम्बू, विष्णु श्रापित, आशुतोष राई र मेरो आफ्नै रचनाका गीत गाएकी छु । यस्तै अशोक राई, सुनील गिरी, डाक्टर किरात, बरिष्ठ संगितकार सुरेश अधिकारी र राजु एन राईको संगीत छ ।

गीत गाएर जीविका चल्छ ?
अहिलेसम्म चलिरहेको छ । चलाउनैपर्ने छ । गाएरै हाइफाईसाथ जीविका चलाउन चाहिँ गाह्रो छ । सामान्य रूपमा अहिलेसम्म गाएर जीविका चलिरहेकै छ ।

गायकका चुनौतीहरू के के छन् ?
चुनौती प्रशस्तै छन् । पहिले हरेक ठाउँमा गीत बज्थे, अहिले अवस्था त्यस्तो छैन, उल्टो भइदिएको छ । प्रतिस्पर्धा भएर अनि सेन्सर नभएरपनि होला, कुन राम्रो कुन नराम्रो, छुट्ट्याउन गाह्रो छ । यस्ता चुनौती प्रशस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्