‘सिम्पल सिम्पल कान्छी’ का लेखक अब निर्देशक बन्दै



shankhar adhikari ghayalरंग खबर, काठमाण्डौं  । ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ बोलको यो गीत सायद कमैले मात्र नसुनेका होलान् । फिल्म ‘अन्दाज’ को यो चर्चित गीतका लेखक शंकर अधिकारी घायलले अब फिल्म निर्देशन गर्ने भएका छन् ।

पाँच सय बढी गीतको शब्द र झन्डै तीन दर्जन फिल्मको स्क्रिप्ट लेखेका घायलले ले ‘अन्तरङ्ग’ नामको फिल्म निर्देशन गर्ने भएका हुन् । आफ्नो परिचय फराकिलो बनाउन फिल्म निर्देशनमा आएको बताउने घायल भन्छन्– ‘एउटा क्षेत्रमा सफलता हात पारेपछि अर्कोमा जानु पर्छ । फिल्म निर्देशन गर्न हिम्मत जुटाएर आएको छु ।’ घायलको फिल्म ‘अन्तरङ्ग’ प्रेम कथामा आधारित हुनेछ । आउँदो माघ महिनाको दोश्रो साताबाट छायाँकन प्रारम्भ हुने फिल्मको मुख्य कलाकारहरु भने फाइनल हुँन बाँकी छन् ।

सृष्टि थापाको लगानीमा राजेन्द्र श्रेष्ठको प्रस्तुती रहने फिल्म ‘अन्तरङ्ग’ मा सञ्चारकर्मी विकास लामिछाने, कौशल खड्का र दिव्या खड्का लगायत कलाकार पक्का भैसकेका छन् । फिल्ममा संगीत प्रस्तुतकर्ता श्रेष्ठ स्वयम्को छ । काठमाण्डू, भक्तपुर र दुबईमा छायाँकन हुने फिल्मलाई दिव्य सुवेदीले खिच्नेछन् ।

antaranga

प्रतिक्रिया दिनुहोस्