प्रदशर्नको एक महिना अगाडी मात्र नम्रता किन लागिन् ‘सोल सिस्टर’ को प्रमोशनमा ?



रंग खबर, काठमाण्डौ – प्रदशर्नको झण्डै एक महिना अगाडी नायिका नम्रता श्रेष्ठले आफ्नो आगामी फिल्म ‘सोल सिस्टर’ का बारेमा पत्रकारहरुलाई जानकारी गराएकी छिन् ।

namrata

सोमबार साँझ राजधानीस्थित आफ्नै एटिक रेष्टुरेन्टमा एक पत्रकार भेटघाटको आयोजना गर्दै नम्रताले आफ्नै प्रोडक्शन कम्पनी ‘हाइली हाइ इन्टरटेन्मेन्ट’ को घोषणा गरिन् । त्यसपछि यही कम्पनीको पहिलो प्रोजेक्टका रुपमा रहेको फिल्म ‘सोल सिस्टर’ को टिजर सार्वजनिक गर्दै आगामी माघ ०१ गतेलाई रिलिज मिती घोषणा गरिन् । यसअघि सम्म यो फिल्मको विषयमा कुनै पनि जानकारी मिडियामा आएको थिएन र प्रेस मिट पनि गरिएको थिएन् । प्रदशर्नको एक महिना अघिबाट मात्र किन प्रमोशनमा लाग्नुभयो भन्ने प्रश्नमा नम्रताले भनिन्– ‘दुई–तिन महिनाअघि बाट प्रमोशनमा लागेका फिल्महरु पनि खै चलेको, त्यसैले हामीले एक महिनाको अवधिमै दर्शकको मन जित्छौ भन्ने विश्वास राखेका छौँ ।’

soul sister 2

सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको समेत सहभागिता रहेको कार्यक्रममा फिल्मको टिजर पनि देखाइएको थियो । टिजर हेरेपछि मन्त्री रिजालले राम्रो लागेको प्रतिक्रिया दिएका थिए । सस्पेन्स थ्रिलर भनिएको यस फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । फिल्ममा नम्रतासंगै महानायक राजेश हमाल, दिपक शर्मा, सकुन्तला विद्या लगायतको अभिनय रहेको छ । ‘छायांकनका क्रममा कम लाइट्स प्रयोग गरेर अलि फरक ढंगले निर्देशन गरिएको थियो’, महानायक हमालले कार्यक्रममा भन्दै थिए– ‘तर टिजर हेरेपछि सोचेभन्दा राम्रो पाए, टेक्निकल्ली पनि फिल्म राम्रो छ भन्नेमा अब म ढुक्क छु ।’

soul sister

नायिकाबाट परिचय थप्दै निर्मात्री पनि बनेकी नम्रताको यो फिल्म कस्तो छ र यसले दर्शकलाई कत्तिको तर्साउला, त्यसको लागी त रिलिज डेट नै कुर्नुपर्ला । कि कसो ?

प्रतिक्रिया दिनुहोस्