आभाष : संयम कसको होलान्, निशा या आश्माको ? (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । आगामी पौष २५ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘आभाष’ को तीनवटा पोष्टरहरु सार्वजनिक गरिएको छ ।

Aavas 2

संयम पुरी, सलोन बस्नेत, आश्मा डि.सी, निशा अधिकारी, प्रकृति श्रेष्ठ र सुनिल रावल लगायतका कलाकारहरुको अभिनय रहेको यस फिल्मलाई चर्चित चलचित्र सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक पहिलो पोष्टरमा संयम, सलोन र आश्माको सामुहिक जोडी हाँसिरहेको अवस्थामा देख्न सकिन्छ भने दोश्रो पोष्टरमा आश्मालाई उनीहरुले बोकेको अवस्थमा देखाइएको छ । त्यस्तै तेश्रो पोष्टरमा निशा र आश्माको विचमा संयम एक्लैलाई देख्न सकिन्छ ।

Aavas

‘भोलिलाई लिएर नडराउ अथवा विगतलाई बिर्स, वर्तमानका लागी बाँच र कहिल्यै पछाडी फर्केर नहेर’ भन्ने वाक्य समेत पहिलो पोष्टरमा लेखिएको छ । यो फिल्मको पोष्टरहरु हेर्दा त्रिकोणत्मक प्रेम कथाको झल्को देखाउँछ । यो फिल्मलाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले मिलेर निर्माण गरेका हुन् ।

Aavas 3

फिल्मको यि आकर्षक पोष्टरहरुले दर्शक कत्तिको हलसम्म तान्नेहुन्, त्यो त रिलिज भएपछि थाहा भइनै हाल्छ । तर हाम्रो तर्फबाट अग्रिम चलचित्र सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्