यसकारण गरे रेखा र सुवासले चर्चमा बिहे ! (फोटोफिचरसहित)



रंग खबर, काठमाण्डौं । पत्याउनुहुन्छ, चर्चित अभिनेत्री रेखा थापा र अभिनेता सुवास थापाले चर्चमा बिवाह गरेका छन् । हिन्दू धर्ममा विश्वास गर्ने यि दुईलाई निर्देशक सविर श्रेष्ठले बिहे गराईदिएका हुन् ।

rekha thapa bihe

रेखा र सुवासको बिहे वास्तविकतामा नभएर फिल्मको पर्दामा भएको हो । यही पुष २५ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘तथास्तु’ का लागि रेखा र सुवासले बिहेको दृश्य दिएका हुन् । सविर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ मा रेखा र सुवास सँगै किशोर खतिवडा र विज्ञान जोशीको पनि मुख्य भूमिका छ । ‘हिम्मतवाली’ रेखा थापालाई यो फिल्ममा पनि एक्सन लेडीको रुपमा देख्न सकिन्छ । रेखा फिल्मस्को पछिल्लो सफल फिल्महरु ‘काली’ र ‘हिम्मतवाली’ जस्तै पुष २५ मा ‘तथास्तु’ सफल हुने विश्वास छ । बसन्त सापकोटाको संगीतमा ‘तथास्तु’ को ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ बोलको गीत यतिबेला हिट भैरहेको छ ।

rekha-final

जगदिश्वेर थापाको लेखन रहेको फिल्म ‘तथास्तु’ ले नारी सशक्तिकरणको कथा बोल्छ । बाबु श्रेष्ठको छायाँकन रहेको यो फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन, कमल राई, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

rekha subas

प्रतिक्रिया दिनुहोस्