रेखासंग अलग्गिएपछि छविलाई फिल्म चलाउन गाह्रो, काट्न थाले जन्मदिनको केक !



chabiraj ojhaरंग खबर, काठमाण्डौं । नायिका रेखा थापा आफुसंग रहँदा फिल्म चलाउन खप्पिस मानिने निर्माता छविराज ओझा हिजोआज डराउन थालेका छन् । रेखा आफुसंग अलग्गिएपछि फिल्म चलाउनकै लागी छविले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

रेखा संगै हुँदा फिल्म प्रमोशनका प्रायः औपचारिक कार्यक्रमहरु नगर्ने छविले रेखा छुट्टिएसँगै विभिन्न वाहाना बनाएर औपचारिक कार्यक्रमको आयोजना गर्दै आएका छन् । सोमबार राजधानीमा एक औपचारिक कार्यक्रम नै गरेर आफ्नो आगामी फिल्म ‘हवल्दार सुन्तली’ को म्युजिक लन्च गरे । म्युजिक लन्च पनि उनले आफ्नो फिल्मकी नायिका शिल्पा पोखरेलको जन्मदिनकै अवसर पारेर गरेका हुन् । म्युजिक लन्चसंगै शिल्पाको बर्थडे केक पनि काटिएको थियो । त्यतीमात्र होइन्, फिल्म लज्जाबाट आफैले नेपाली रजतपटमा डेब्यु गराएकी नायिका शिल्पालाई उनले आफ्नो तेश्रो प्रोजेक्ट ‘किस्मत २’ मा पनि खेलाउने निर्णय गरे । त्यो शिल्पाको लागी सरप्राइज उपहार भयो । फिल्ममा आउनु अघि शिल्पा लोकदोहोरी तथा म्युजिक भिडियोमा अभिनय गर्थिन् ।

रेखा हुँदा छविले यसरी जन्मदिन मनाउने गरेका थिएनन् । तर अहिले जन्मदिनलाई नै फिल्म प्रमोशनको राम्रो उपाय मान्न थालेका छन् छविले । यसअघि छविले गत मंसिर ०७ गते आइतवारका दिन आफ्नौ ५० औ जन्मदिन भन्दै केक काटे र दुई फिल्म ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’ को प्रमोशन गराए ।  त्यसो त फिल्म ‘लोफर’ असफल भएपछि अत्तालिएका छविले गएको कार्तिकमा रिलिज भएको फिल्म ‘लज्जा’ लाई चलाउनका लागी अनेक तरिका अपनाए । छविको फन्डाकै कारण ‘लज्जा’ ले आंशिक सफलता पायो ।

त्यतीबेला नायिका शिल्पासंग उनको अफेयरको समाचार पनि बाहिरिएको थियो । तर शिल्पा आफैले एक अनलाईनसंगको कुराकानीमा फिल्म चलाउनका लागि आफु संग बिहेको स्क्यान्डल मच्चाएको भन्दै ओझाको पर्दाफास गरेकी थिइन् । त्यही शिल्पा अहिले लगातार छविको तीन प्रोजेक्टकी हिरोइन बन्दै छिन् ।

shilpa pokhrel with chabir

चैत २७ गते छविको ‘हवल्दार सुन्तली’ र विकास आचार्यको ‘नाइ नभन्नु ल ३’ विच ठुलो भिडन्त हुँदैछ । ‘नाईं नभन्नु ल’ र ‘नाईं नभन्नु ल २’ को अपार सफलतापछि बनेको ‘नाईं नभन्नु ल ३’ संग आफ्नो फिल्म जुधेपछि छविलाई फिल्म चलाउनका लागी हम्मे हम्मे परेको देखिन्छ । तर एउटा स्थापित निर्माता भएकाले पनि उनले नैतिक रुपमा पनि रिलिज मितीलाई नसार्ने बुझिएको छ । त्यही भएर पनि उनी साढे तीन महिना अघि देखि नै हिरोइनको जन्मदिनको केक काटेर फिल्मको प्रमोशनमा लागि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्