‘दासढुङ्गा’ निर्माताले ‘झुम्की’ निर्देशन गर्ने । दयाहाङ र रिश्मा मुख्य कलाकार



रंग खबर, काठमाण्डौ । ऐतिहासिक फिल्म ‘दासढुंगा’ का निर्माता अपिल बिष्टले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनले ‘सोसियल ड्रामा’ मा आधारित फिल्म ‘झुम्की’ निर्देशन गर्ने भएका हुन् ।

reshma gurung at jhumki 2

‘पहिला निर्माताको रुपमा यस क्षेत्रलाई बुझे अब फिल्म निर्देशन गर्दै छु’, अपिल भन्छन्– ‘ अब फिल्म बाहेक अन्य सोच्न सक्दिन्’ । पौष , फागुन र भाद्र गरि ३ सेड्युलमा छायांकन हुने यस फिल्मको कथा कबड्डी निर्देशक राम बाबु गुरुङले लेखेका हुन् । हाल केहि दृश्यको छायांकन भैरहेको यस फिल्म पौष २२ पछि सम्पूर्ण कलाकारका साथमा छायांकनमा जादैछ । फिल्मको छायांकन दाङ , लमही , नारायणघाट , बुटवल तथा काठमाण्डौमा हुने छ ।

फिल्मको कथाको डिमाण्ड र दर्शकलाई राम्रो फिल्म दिउ भनेर बिना सम्झौता फिल्मको छायांकन ३ सेड्युलमा गर्न लागिएको निर्देशक अपिल बिष्टले भने । अपिल बिष्ट फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा दायाहाङ राई , मनोज आरसी , रिश्मा गुरुङ , भोला राज सापकोटा , प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ । दयाहाङ र रिश्मा व्यवसायिक रुपमा सफल फिल्म ‘कबड्डी’ का मुख्य कलाकार हुन् ।

फिल्म ‘जेरी’ बाट सिनेम्याटोग्राफीमा चर्चा बटुलेका शैलेन्द्र ध्वज कार्कीले खिच्ने यस फिल्ममा निर्माता विजय बिराज बिष्ट रहेका छन् भने सह निर्माता सरिता केसी हुन् ।

प्रतिक्रिया दिनुहोस्