गरियो ‘लोग्ने मान्छे’ को अडियो लन्च, नन्दिताको लोग्ने दिलिप ! (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । आगामी माघ २३ गते देखि सार्बजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लोग्ने मान्छे’ को अडियो गीत आईतवार सार्वजनिक गरिएको छ ।

audio launch

लय संग्रौला निर्देशित यो फिल्ममा दिलिप रायमाझी र नन्दिता केसीको मुख्य अभिनय रहेको छ । प्रदीप मित्तलको लगानीमा बनेको यस फिल्ममा निर्देशक स्वयंको शब्द छ भने चेतन सापकोटाको संगीत रहेको गीतमा स्वरुपराज आचार्य, दीपक लिम्बु, माण्डवी त्रिपाठी, इन्दिरा जोशी लगायतका कलाकारले स्वर भरेका छन् ।

Nandita KC

अडियो सार्बजनिक कार्यक्रममा फिल्ममा समाबेश दुइ गीतको म्युजिक भिडियो पनि देखाइयो । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन छ ।

Watch Song Here :-

[its_video]http://youtu.be/rkY3DCDlXRo[/its_video]

 

प्रतिक्रिया दिनुहोस्