स्वर्गीय निर्देशक नेम्वाङको अन्तिम फिल्म ‘अझै पनि’ को मार्मिक ट्रेलर बाहिरियो । भिडियो



रंग खबर, काठमाण्डौं । स्वर्गीय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशिन अन्तिम फिल्म ‘अझै पनि’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै मार्मिक छ ।

Ajhai pani poster

पुनम गौतम र सुदशर्न थापाको सँयुक्त लगानी रहेको यस फिल्ममा सुदशर्न, पुजा शर्मा, पुष्पा खड्का, विशाल ढुङ्गाना, प्रमिला खनाल, विपना धमाल, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाहरुको अभिनय रहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा निकै मर्मस्पर्शी दृश्यहरु देखाइएको छ । नायिका पुजाले सुदशर्नलाई सलले घिसारेको दृश्यले जोकोही दर्शकको मनछुने छ ।

रामसरण पाठकको कथा रहेको यस फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् भने प्रितम पाण्डले सम्पादन गरेका हुन् । स्वर्गीय निर्देशक नेम्वाङको अन्तिम फिल्म भएकैले पनि प्रतिक्षित बनेको यो फिल्म अब मार्मिक ट्रेलरका कारण पनि प्रतिक्षित बन्ने निश्चित छ । कि कसो ?

Watch Trailer Here :-

 

[its_video]http://youtu.be/3Sb0FN6ecm0[/its_video]

 

प्रतिक्रिया दिनुहोस्