प्रियंकाले यसरी नचाइन् निशा र हर्षिकालाई ‘मिसन पैसा २’ मा । भिडियो



रंग खबर, काठमाण्डौं । नायिका प्रियंका कार्कीले कोरियोग्राफी गरेको फिल्म ‘मिसन पैसा रिलोडेड’ को भिडियो गीत सार्वजनिक गरिएको छ । ‘आकाशैमा’ बोलको ‘मिसन पैसा रिलोडेड’ को सार्वजनिक गीतमा प्रियंकाले अर्की नायिकाद्धय निशा अधिकारी, हर्षिका श्रेष्ठ, नायक आमिर गौतम र अर्का एक कलाकारलाई नचाएकी छन् ।

nisha adhikari

फिल्ममा नायक रेश मरठ्ठाको पनि अभिनय छ । प्रियंका स्वयम् पनि एक कुशल नृत्यङगना हुन् । देश तथा विदेशमा हुने विभिन्न मेला तथा महोत्सवमा प्रियंकाको नृत्यको माग हुने गर्दछ । फागुन १५ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मिसन पैसा रिलोडेड’ मा स्व. ताण्डव सुनुवारको संगीतलाई किरन तुलाधरले रिमिक्स गरेका छन् ।

माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानीमा निर्माण भएको ‘मिसन पैसा रिलोडेड’ लाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् । फिल्मका छायाँकार हरी हुमागाई हुन् ।

गीत हेर्न यँहा क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/JrqMFn-nvp8[/its_video]


प्रतिक्रिया दिनुहोस्