‘लोग्ने मान्छे’ को ट्रेलर सार्वजनिक । नन्दिता दिलिपसंग मानसम्मान खोज्दै (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी माघ २३ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘लोग्ने मान्छे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेरेपछि यो फिल्मले श्रीमान श्रीमतीबिचको प्रेम र द्धन्दलाई प्रस्तुत गरेको आभाष हुन्छ ।

logne manchey

पूर्ण रूपमा पारिवारिक प्रेमकथामा बनेको यो फिल्ममा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् । प्रदीप मित्तलको निर्माणमा तयार भएको यो फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चर्चित मानिएका लयले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् । उनले फिल्मले पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरेको बताए ।

यो फिल्मका परिकल्पनाकार उत्तम केसी हुन् । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन छ । यो फिल्मलाई काठमाण्डौमा गोपाल कायस्थ र राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्दै छ ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/2OkNl_CXpLs[/its_video]

प्रतिक्रिया दिनुहोस्