‘सायद’ का दाजु–भाई ‘आभाष’ मा संगै, जित्ला त दर्शकको मन ?



रंग खबर, काठमाण्डौं । आगामी पौष २५ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘सायद’ मा एकसाथ पर्दामा देखिएका जोडी सुनिल रावल र संयम पुरी ‘आभाष’ मा पनि संगै देखिएका छन् । ‘सायद’ लाई सुनिलले नै निर्माण गरेका थिए ।

Sunil

करिब ३ बर्ष अघि निर्माण भएको चलचित्र ‘सायद’ मा सुनिल रावलले संयमको दाईको भुमिका निभाएका थिए । अब ‘आभाष’ मा यि दुईको भुमिका के छ त्यो भने फिल्म रिलिज पछि नै थाहा हुनेछ । तर सुनिलसंग पर्दामा संगै अभिनय गर्न पाउँदा फिल्मका मुख्य कलाकार संयम भने खुशी छन् । निर्माता सुनिलको सहयोगले नै आफु यँहासम्म आएको संयमको भनाई छ ।

यता निर्माता रावल पनि संयमको प्रशंसामा शब्द खर्चिन पछि हट्दैनन् । भन्छन्– ‘संयम नेपाली चलचित्र क्षेत्रको एक आशालाग्दो कलाकार हो । मैले उसको आँखामा एक सुपरस्टार देखेको छु ।’ ‘ साच्चै भन्नु पर्दा संयम सबैको मनछुने अभिनय गर्न माहिर छ’ उनले थपे । बैकिंक पेशा अपनाएका रावल ‘सायद’ चलचित्रबाट नै उनी निर्माताका रुपमा परिचित भएका हुन् ।

samyam

‘सायद’ व्यवसायिक रुपमा सफल भएपछि उनले ‘होस्टेल’ बनाएका थिए । ‘होस्टेल’ पनि सुपरहिट भएपछि अहिले उनको अर्को फिल्म ‘होस्टेल रिटन्र्स’ पोष्टप्राडक्शनको क्रममा छ । तर रावल अहिले ‘आभाष’ को प्रमोशनका लागी पनि दौडधुप गरिरहेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको यस फिल्ममा आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी, प्रकृति श्रेष्ठ, गोविन्द शाही लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । सलोन र प्रकृति भने ‘होस्टेल’ मा निर्माता तथा कलाकार रावलसंगै देखिएका थिए ।

‘सायद’ र ‘होस्टेल’ का कलाकारहरु दोहोरिएको ‘आभाष’ ले कत्तिको दर्शकको मन खिच्ने हो । त्यसको लागी त पौष २५ पर्खनैपर्छ, कि कसो ?

प्रतिक्रिया दिनुहोस्