‘किल्ला’ मा यस्तो छ सुरभीको रोमान्स, सुवासको फाइट (भिडियो)



रंग खबर, काठमाण्डौं । मेचे फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘किल्ला’ आगामी फागुन २९ गतेबाट प्रदशर्नमा आउने भएको छ । अफिसियल ट्रेलरसंगै फिल्मले आफ्नो रिलिज मिती सार्वजनिक गरेको हो ।

kila final

द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेको यस फिल्ममा कलाकार सुवास मेचे द्धन्द्धात्मक भूमिकामा देखिएका छन् । फिल्ममा उनी बाहेक  सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ ।

चेलिबेटी बेचबिखन, राजनीति, भ्रष्टाचार र राष्ट्रियताको बिषयलाई उठान गरेको यो फिल्ममा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । ट्रेलर हेर्दा फिल्ममा एक्सन बढी रहेको पुष्टी हुन्छ । चर्चित द्धन्द्ध निर्देशकको यो फिल्मले एक्सन मनपराउने दर्शकको मन जित्ने विश्वास लिन सकिन्छ ।

ट्रेलर हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/iPTBiQBjx2I[/its_video]

 

प्रतिक्रिया दिनुहोस्