‘झिग्राना’ को फिल्म चलाउने काईदा, उत्कृष्ट गीत गाउनेले पाउने भए एक लाख पुरस्कार



रंग खबर, काठमाण्डौं ।  फिल्म चलाउनका लागी आजभोली अनेक काईदा अपनाउने गरिन्छ । यस्तै एउटा नँया प्रचार शैलीका साथ आउँदो फागुन २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘‘झिग्राना’ अघि बढेको छ । गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्मले प्रचार प्रसारको लागि विश्वव्यापी गायन प्रतियोगीताकै आव्ह्वान गरेको छ । यो प्रतियोगीतमा उत्कृष्ट हुनेले एक लाख नगद रुपैयाँ पाउने छन् ।

jhigrana

बिहिबार प्रेसमिटको आयोजना गर्दै ‘झिग्राना’ युनिटले फिल्मको प्रदर्शन मिति र प्रचार प्रसारको नयाँ काइदा सार्वजनिक गरेको हो । जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार प्रतियोगीले फिल्म ‘झिग्राना’ को आधिकारीक गीत ‘नाचन’ गाउनु पर्नेछ । यो प्रतियोगीतामा पहिलो हुनेले रु.एक लाख नगद राशी प्राप्त गर्नेछन् । यो प्रतियोगीता सम्बन्धी विस्तृत जानकारी…मा उपलब्ध छ ।

फिल्म ‘झिग्राना’ मा नेपालको दुर्गम भेग भिग्रानासम्म एक गैर सरकारी संस्थाका कर्मचारीको यात्रा र यात्रामा घट्ने विभिन्न रहस्यमय घटनालाई मुख्य विषय बनाएको छ । यो फिल्मलाई पासाङ लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्म ‘झग्राना’ मा विदेशी कलाकार हना गेस्चिव्स्की र नेपाली कलाकारहरु निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी, दिवाकर पिया, बिना पाण्डे र अरुण रेग्मीको अभिनय छ ।

फिल्म ‘झग्राना’ लाई शैलेन्द्र डि.कार्कीले खिचेका हुन् भने संगीत तथा पाश्र्व गायन इमान विक्रम शाहको छ । राहुल बाडवेल्करको ध्वनी रहेको फिल्म ‘झिग्राना’ मा प्रकाश चाँदवकरको कला निर्देशन छ । ‘झिग्राना’ सस्पेन्स थ्रिलर फिल्म हो ।

यदि तपाई पनि झिग्राना यूनिटको यो अभियानमा सहभागी भएर एक लाख जित्न चाहानु हुन्छ भने तल को अफिशियल यूट्यूब भिडियो हेरेर प्रतियोगिताको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नु हुन्छ :-

 

[its_video]http://youtu.be/QrVG17gGbOQ[/its_video]

यहि गीत डाउनलोड गरेर तपाईले आफ्नो भर्सनको बनाएर पठाउनुपर्ने हुन्छ :-

 

[its_video]http://youtu.be/j65ftPxWBpM[/its_video]


 

प्रतिक्रिया दिनुहोस्