‘तथास्तु’ को व्यापार आक्रमक देखिँदै । राजधानीका हल–हलमा रेखा दर्शकसंग फिल्म हेर्दै



रंग खबर, काठमाण्डौं, पौष २६ । शुक्रवारदेखि प्रतिष्पर्धामा आएका तीन फिल्ममध्ये रेखा थापा स्टारर ‘तथास्तु’ को व्यापार शनिवार आक्रमक देखिएको छ भने ‘आभाष’ लाई सन्तोषजनक मानिएको छ । तर आर्यन सिग्देल अभिनित ‘अलविदा’ भने शुक्रवारदेखि निराशाजनक छ ।

tathastu rocks

रिलिजको पहिलो दिन तीनै फिल्मको व्यापार उत्साहजनक नभएपनि ‘तथास्तु’ अन्य भन्दा अगाडी देखिएको थियो । ‘हिजोभन्दा आज तथास्तुले उत्साहजनक व्यापार गरिरहेको छ ’, उत्साहित हुँदै काठमाण्डौं वितरक गोपाल कायस्थले भने– ‘राजधानीको पुष्पाञ्जली, गोपीकृष्ण। अष्टनारायण, बनेपाको शुभकामना लगायतका दर्जन जति सिनेमा हलमा बिहानी र दिउँसोको शो हाउसफुल भएको छ’ ।

rekha di

यस्तै रेखा थापाको स्टारडमका कारण राजधानीबाहिर पनि ‘तथास्तु’ हेर्न दर्शकको उपस्थिती उत्साहजनक नै रहेको रिपोर्ट प्राप्त भएको छ । ‘हिन्दी फिल्म ‘तेब्बर’ को भन्दा ‘तथास्तु’ को दर्शक बढी रहेको खबर प्राप्त भएको छ’, मोफसल वितरक नरेन्द्र महर्जनले बताए । सविर श्रेष्ठ निर्देशित ‘तथास्तु’ मा रेखासंगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको पनि मुख्य अभिनय रहेको छ । फिल्मले महिला हिंसा र बलात्कारको विषयलाई मुख्य रुपमा उठाएको छ ।

यता गोविन्द शाही निर्मित ‘आभाष’ को व्यापार पनि सन्तोषजनक नै रहेको खबर प्राप्त भएको छ । रंगखबरको स्थलगत रिपोर्टिङले ‘अलविदा’ को भन्दा ‘आभाष’ मा नै दर्शकको उपस्थिती बढी देखाएको छ । राजधानीको मल्टिप्लेक्स हलहरुमा आभाष र अलविदामात्र चलिरहेका छन् । तर ‘आभाष’ को व्यापार केही हदसम्म सन्तोषजनक देखिएको रिपोर्ट प्राप्त भएको छ ।

tatastu rocks 3

राजधानीको हल–हलमा रेखा दर्शकसंग फिल्म हेर्दै
पहिलोपटक होम प्रोडक्शन बाहिर ठुलो प्रचारबाजीमा देखिएकी रेखा थापा राजधानीका हलहलमा दर्शकसंग ‘तथास्तु’ हेरिरहेकी छिन् । हिजो दिउँसो बालाजुको अष्टनारायण र बेलुका गोपीकृष्णको हाउसफुल शो दशैकसंगै बसेर हेरेकी रेखाले आज पनि तीन हलमा दर्शकसंग बसेर फिल्म हेरेकी छिन् । रेखाले कोटेश्वको पुष्पाञ्जलीसहित अष्टनारायण र गोपीकृष्णको हाउसफुल शोहरु दर्शकसंगै बसेर हेरेकी हुन् । यसरी रेखा आफै प्रमोशनमा हिड्नुले पनि ‘तथास्तु’ को व्यापार बढाउनमा मद्धत पुगिरहेको देखिन्छ । कि कसो ?

tathasu with darsak
नोट : कुनै पनि फिल्मको वास्तविक ग्रस कलेक्शन भने प्राप्त भएको छैन् । तर बेलुकासम्म प्राप्त हुने बताइएको छ । प्राप्त भएपछि हामी अपडेटमा रहने छौ । 

 

प्रतिक्रिया दिनुहोस्