बन्ने भो ‘कसैलाई नभन्नु’ । यही साताबाट छायाँकन सुरु हुने



रंग खबर, काठमाण्डौं । शुभम् फिल्मस् प्रा.लिको ब्यानरमा ‘कसैलाई नभन्नू’ नामक फिल्म निर्माण हुने भएको छ । मन्दिप रानाको निर्देशन रहने यो फिल्मको बिहिबार भद्रकालि मन्दिरमा मुर्हत गरियो ।

new film

निर्देशक रानाकै लेखन रहेको प्रेमको कथामा आधारित यस फिल्ममा मा देशभक्त खनाल, दीनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर केसी लगायतको मुख्य भूमिका रहने छ । रामचन्द्र श्रेष्ठ र भिम विसीको संयुक्त संगीत रहेको फिल्ममा प्रमोद खरेल र शिव परियारले स्वर दिएका छन् ।

फिल्म ‘कसैलाई नभन्नू’ को यही साताबाट छायाँकन सुरु हुनेछ । फिल्मको छायाँकन काठमाण्डू, हेटौंडा, पोखरा, पाल्पा र तनहुँमा हुनेछ । शिवहरी रेग्मी र शंकर अधिकारीले यस फिल्मका लगानीकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्