यस्तो छ प्रियंका अभिनित ‘सुन्तली’ को ‘पानी बिना’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । आगामी फागुन ०१ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘सुन्तली’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘पानी बिना के कामको पँधेरी’ बोलको गीत सार्वजनिक गरिएको हो जसमा नायिका प्रियंका कार्की, कर्म र अर्पण थापा मुख्य रुपमा फिचरिङ भएका छन् । भिडियोमा अन्य सहायक कलाकारलाई पनि देख्न सकिन्छ ।

priyanka karki

गाउँले स्वादमा निर्माण गरिएको भनिएको यस फिल्मको यो गीत पनि गाउँले स्वादमै रहेको छ । गीतलाई दर्शकले रुचाउने विश्वास निर्माण पक्षको छ । अहिलेको समाजमा नारीप्रति रहेको दृष्टीकोणलाई देखाउन खोजिएको यस फिल्ममा मुख्य भुमिका प्रियंकाको रहेको छ ।

जशन कुँवरको संगीत रहेको सार्वजनिक भिडियो गीतमा संगीतकार कुँवर र सुम्निमाको स्वर छ । गीतको कोरियोग्राफी रेनेशा वान्तवा राईले गरकी हुन् । ‘सुन्तली’ लाई भाष्कर ढुङ्गानाले निर्देशन गरेका हुन् ।

Watch Song Here :-

[its_video]http://youtu.be/RozIclX8FKw[/its_video]

 

प्रतिक्रिया दिनुहोस्