सम्भवत : नेपालमै पहिलोपटक सुनिल रावलको ‘होस्टेल रिटर्न्स’ ले देखायो लाइभ प्रोमो



रंग खबर, काठमाण्डौं, माघ ०२– सम्भवत : नेपालमै पहिलोपटक लाईभ प्रस्तुततीका साथ प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स’ को प्रोमो सार्वजनिक गरिएको छ । शुक्रवार दिउँसो राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित क्यास्पियन भ्याली कलेजको ‘वेलकम प्रोग्राम’ मा फिल्मका मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्का लगायतले लाईभ प्रस्तुती दिएर प्रोमो सार्वजनिक गरिएको हो ।

hostel returns

कार्यक्रममा कलाकारको लाइभ प्रस्तुती र उनीहरुको संवादलाई रुचाइएको थियो । लाइभ प्रस्तुतीका क्रममा कलेजका विद्यार्थीदेखि लिएर सहभागी चलचित्रकर्मी र संचारकर्मीहरुले समेत ताली बजाएको देखिन्थ्यो । लाइभ प्रोमोले सहभागीहरु माझ फिल्मप्रति उत्सुकता जगाएको थियो ।

hostel returns final

‘सायद’ र ‘होस्टेल’ जस्ता व्यवासयिक रुपमा सफल फिल्म बनाएर अब्बल र सफल निर्माताका रुपमा चिनिएका सुनिल रावलको निर्माणमा बनेको ‘होस्टेल रिटर्न्स’ लाई सुरज भुषालले निर्देशन गरेका हुन् । दुर्गिस फिल्मस्को ब्यानरमा बनेको ‘होस्टेल रिटर्न्स’ सफल फिल्म ‘होस्टेल’ कै सिक्वेल हो । फिल्म वैशाख २५ देखि सार्वजनिक प्रदशर्नमा आउँदैछ ।

hostel returns first look

पर्दामा नयाँ स्वाद दिलाउन र प्रचार शैलीलाई समेत नयाँ ढंगले अघि बढाउन माहिर निर्माता रावलले कलेजका विद्यार्थीहरु माझ लाईभ प्रोमोसहित फष्टलुक र दुईवटा अडियो गीत समेत सार्वजनिक गरेका थिए । आजबाट प्रचारप्रसारमा उत्रिएको यो फिल्मले अब देशव्यापी प्रचार र कलेज क्याम्पियनलाई व्यापक बनाउने निर्माता रावलले जानकारी दिएका छन् । उनले फिल्म राम्रो बनेको दाबी गर्दै आजका यूवा पुस्ता र अभिभावकले हेर्न आवश्यक रहेको बताए ।

hostel returns 2

विद्यार्थीको होस्टेल जीवनको कथा बोल्ने यस फिल्ममा देशका विभिन्न भू भागबाट एउटा होस्टेलमा आएर बस्ने विभिन्न चरित्रलाई देखाइएको छ ।

Listen Song Here :-

[its_video]http://youtu.be/FodJ9rcQ_Lk[/its_video]

 


प्रतिक्रिया दिनुहोस्