‘तितो सत्य’ लाई परेन बन्दको प्रभाव । दिपाले लिइन् बन्दमा सुटिङको मज्जा



रंग खबर, काठमाण्डौं, माघ ०६– नेपाल बन्दका कारण आज देशभर कामकाजहरु प्रभावित भए । नेपाली कला क्षेत्रको कुरा गर्नुपर्दा प्राय धेरैजसो फिल्मको छायांकन पनि प्रभावित बन्यो । तर हरेक मंगलबार छायांकन हुँदै आएको चर्चित हास्य टेलिश्रृंखला ‘तितो सत्य’ लाई बन्दले कुनै प्रभाव पारेन् । देशभर बन्द भइरहँदा ‘तितो सत्य’ को भने छायांकन गरियो ।

majja

छायांकन सेटमा खिचिएको तस्विर सार्वजनिक गर्दै कलाकार दिपाश्री निरौलाले ‘बन्दमा सुटिङको मज्जा’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेकी छिन् । विभिन्न पोजमा तस्विर खिचाएर उनले फेसबुकमा फोटोहरु राखेकी छिन् ।

tito satya

सार्वजनिक तस्विरमा दिपाश्रीसंगै अभिनेता दिपकराज गिरी, कलाकार रवि डंगोल र बालकलाकार राज आचार्य समेत देखिएका छन् । ‘तितो सत्य’ हरेक बिहिवार प्रसारण हुँदै आएको छ ।

deepa and deepak

प्रतिक्रिया दिनुहोस्