यसकारण दिनेश डिसीको फिल्म चैत २७ मा रिलिज नहुने !



रंग खबर, काठमाण्डौं । आगामी चैत २७ मा प्रदशर्न हुने भनिएको निर्देशक दिनेश डिसीको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ अब वैशाख ११ मा रिलिज हुने भएको छ । आफुले पाउनुपर्ने हल नपाउने भएपछि उनले रिलिज मितीलाई पछि सारेको बताइएको छ ।

fulai fulko mausam

चैत २७ मा चार फिल्महरु प्रदशर्नमा आउने पक्का भएको थियो । तर अब तीन फिल्म ‘नाई नभन्नु ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ मात्र प्रदशर्नमा आउनेछन् । श्रोतका अनुसार निर्देशक डिसीलाई वितरक सुनिल मानन्धरले फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ वितरणको जिम्मा लिने मौखिक आश्वासन दिएका थिए । तर अचानक राजधानी प्रदशर्नका लागि मात्र उनले फिल्म ‘नाइ नभन्नु ल ३’ लाई ३५ लाख मिनिमम ग्यारेन्टी गरेर प्रदशर्न अधिकार लिएपछि डिसीमाथि धोका भएको टिप्पणी फिल्म नगरीमा भइरहेको छ । यद्धपी वास्तविकता भने आधिकारिक रुपमा कसैले बाहिर ल्याएका छैनन् ।

तर निर्देशक डिसीले यो विषयमा चलखेल भएको धारणा भने एक अनलाईनलाई दिइसकेका छन् । निर्देशक डिसी आफैले निर्माण गरेको ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता ढुंगाना र आमेश भण्डारीको अभिनय छ । प्रेम कथामा आधारित यो फिल्म अब माधव वाग्ले निर्मित ‘रेशम फिलिली’ संग वैशाख ११ मा भिड्ने भएको छ । बाजी कसले मार्ने त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्