‘सरस्वती पुजा’ बाट ‘होस्टेल रिटर्न्स’ को कलेज अभियान शुरु, १ सय बढी विद्यालयमा पुग्ने !



अनिल यादव, काठमाण्डौं । हामीकहाँ एउटा मान्यता छ– ‘सरस्वती पुजाको दिनबाट शुरु गरेको हरेक काम सफल हुन्छ भन्ने ।’ फिल्म चलाउनलाई माहिर र सफल निर्माताको छवि बनाएका सुनिल रावल भन्दा बढी यो विषयमा अरु कसले जानुन् ? त्यहीभएर होला निर्माता रावलले आगामी वैशाख २५ लाई रिलिज मिती तय गरिएको उनको फिल्म ‘होस्टेल रिटर्न्स’ को कलेज अभियान आईतवारबाटै शुरु गरेका छन् ।

sunil rawal

फिल्मका कलाकारले सरस्वती पुजाको दिन कलंकीस्थित हिमालयन एग्रीकल्चर एण्ड टेक्निकल कलेजमा प्रत्यक्ष प्रोमो मञ्चन गरेका छन् । उक्त कार्यक्रममा कलेजले फिल्म युनिटलाई सम्मान समेत गर्यो । सरस्वती पुजाको दिन कलेजले बिद्यार्थी र होस्टेल जीवनको कथालाई प्रस्तुत गरेको फिल्म भएकाले कलेजले फिल्म युनिटलाई निमन्त्रणा गरेको हो । कलेजको निम्तोमा निर्माता सुनिल रावल सहित कलाकारको टोलि कलेज पुगेर फिल्मको पचार स्वरूप प्रत्यक्ष प्रोमो सार्बजनिक गरिएको निर्माता रावलले बताए ।

darsak and hostel returns

‘सरस्वती पुजाको दिन पारेर आईतवारबाटै हामीले कलेज अभियान शुरु गरेका हौँ’, निर्माता रावलले रंगखबरसंग भने– ‘अब हामी यो अभियानलाई देशव्यापी बनाउनेछौ, देशभरका विभिन्न शैक्षिक संस्थाहरुमा पुगेर फिल्मको प्रचार गर्नेछौं ।’ बिद्यार्थी र होस्टेल जीवनको कथालाई प्रस्तुत गरिएकोको फिल्म भएकाले फिल्म युनिटले कलेज अभियान शुरु गरेको निर्माता रावलले बताएका छन् । उनले भने– ‘विशेष गरी हाम्रो टार्गेट भनेको कलेजका विद्यार्थी र अभिभावक हुन्, त्यही भएर हामीले देशभरका सय बढी शैक्षिक संस्थामा पुग्ने लक्ष्य लिएका छौं ।’

sunil rawal 2

सुरज भुषाल निर्देशित ‘होस्टेल रिटर्न्स’ इञ्जिनियरीङ अध्ययन गर्न होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ । यो फिल्ममा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । सायद र होस्टेल जस्तो सफल र बहुचर्चित फिल्म निर्मित दुर्गिश फिल्मस्को ब्यानरबाट बनेको यो फिल्म दर्शकमाझ प्रतिक्षित छ ।

प्रतिक्रिया दिनुहोस्