यस्तो रहेछ अशिष्माको ‘कोकाकोला’ फिगर (भिडियो हेर्नुहोस्)



रंग खबर, काठमाण्डौं । संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशनमा बनेको फिल्म ‘अधकट्टी’ को चर्चित गीत ‘तिम्रो फिगर कोकाकोला’ को भिडियो सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक यो गीतको अडियो भने सर्वाधिक चर्चामा थियो ।

cocacola figure

सार्वजनिक गीतको भिडियोमा फिल्मकी नायिका अशिष्मा नकर्मी र डेब्यु नायक प्रदिप बास्तोला फिचरिङ छन् । ‘अधकट्टी’ को ‘डान्सिङ नम्बर’ समेत रहेको यो गीतमा अशिष्माको फिगरलाई ‘कोकाकोला’ भनिएको छ । प्रल्हाद तिमिल्सिना र जोनिशा पौडेलको स्वर रहेको यो गीतमा बसन्त सापकोटाको संगीत र किरण माइकलको शब्द छ ।

यो फिल्म जेठ १५ गतेबाट नेपालमा र फेब्रुअरी १ बाट अष्ट्रेलियामा रिलिज हुदैछ । फिल्ममा आशिष्मा र प्रदिपसंगै विल्सन विक्रम राई, गौरव पहारी र रिस्ता बस्नेतको समेत मुख्य भूमिका छ । फिल्मलाई प्रदिप उदयले निर्माण गरेका हुन् ।

Watch Song Here :-
[its_video]http://youtu.be/qt0ggR9OB5s[/its_video]

 

प्रतिक्रिया दिनुहोस्