अन्तराष्ट्रिय कलाकार मञ्चले बेल्जियममा नेपाली फिल्मको अवार्ड गर्ने



रंग खबर, काठमाण्डौं । अन्तराष्ट्रिय कलाकार मञ्च यूरोप (आइएफए) ले आउँदो सेप्टेम्बर २६ तारिखमा बेल्जियममा फिल्म अवार्ड गर्ने भएको छ । पहिलो संस्करणको आइएफए अवार्डमा विभिन्न १४ विधा बिच प्रतिस्पर्धा हुनेछ । अन्य तीन विधा थप गरिने मञ्च नेपालका अध्यक्ष प्रदीप कुमार उदयले बताए ।

samaan

मंगलबार आयोजित प्रेसमिटमा नेपाल अध्यक्ष उदयले आइएफए बारे भने, ‘यस संस्थाको मूल उदेश्य कुनै पनि कलाकर्मी विपतमा पर्दा सहयोग जुटाउनु तथा कला कलाकर्मीलाई विश्वव्यापी पहिचान दिलाउँदै व्यावसायिक व्यवस्थापन गर्नु हो ।’ उनले प्रत्येक वर्ष भिन्न भिन्न देशमा आइएफए अवार्डको आयोजना हुने समेत जानकारी गराए । उनले थपे, ‘अवार्ड आयोजनाबाट भएको मुनाफा रकम स्वास्थ्य कोषमा जम्मा गर्नेछौं ।’ आइएफएले एक करोड बराबरको स्वास्थ्य कोष स्थापना गरेर विपतमा परेका कलाकर्मीलाई सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष उदयले बताए ।

samaan 2

यही स्वास्थ्य कोषबाट नेपाली फिल्ममा दुई दशकदेखि प्राविधिकको रुपमा आवद्ध हाल अस्वस्थ रहेका सन्तु गुरुङ र महानन्द चौधरीलाई २६,२६ हजार रुपैयाँ हस्तान्तरण गरियो । आयोजित प्रेस मिटमा अन्तराष्ट्रिय कलाकार मंच यूरोपका अध्यक्ष उज्जवल केसीले बेल्जियमदेखि कार्यक्रममा मोबाइलबाट सम्बोधन गरेका थिए ।

सन् २०११ देखि नै अध्ययन गरिएको भनिएको आइएफए अवार्डका उत्कृट १४ विधाहरु यस प्रकार छन् :
१. उत्कृष्ट गायक सम्मान
. उत्कृष्ट गायिका सम्मान
३. उत्कृष्ट संगीत विशेष योगदान (अन्तराष्ट्रिय सम्मान)
. उत्कृष्ट नेपाली चलचित्र विशेष योगदान सम्मान
५. नेपाली सेवा सम्मान
६.
उत्कृष्ट नृत्य निर्देशक सम्मान
 ७. उत्कृष्ट खलनायक सम्मान
८.
उत्कृष्ट हाँस्य कलाकार सम्मान
. उत्कृष्ट गीतकार सम्मान
१०. उत्कृष्ट संगीतकार सम्मान
११. उत्कृष्ट चलचित्र सम्मान
१२.
उत्कृष्ट निर्देशक सम्मान
१३. उत्कृष्ट नायिका सम्मान
१४.
उत्कृष्ट नायक सम्मान

प्रतिक्रिया दिनुहोस्