बन्ने भो ‘झोले’ को सिक्वेल, निर्देशक र कलाकार नफेरिने !



रंग खबर, काठमाण्डौं । व्यवसायिक रुपमा सफल फिल्म ‘झोले’ को अब सिक्वेल निर्माण हुने भएको छ । दीपेन्द्रे के. खनालले नै निर्देशन गर्ने ‘झोले २’ मा पनि ‘झोले’ कै मुख्य कलाकार दोहोरिने छन् ।

jholey final

डार्क कमेडी रहने ‘झोले २’ मा पनि प्रियंका कार्की, दयाहाङ राई र ए.गुरुङ ‘भंगेरी डन’ कै मुख्य भूमिका रहनेछ । निर्देशक खनालले ‘झोले २’ को हाल स्क्रिप्टिङ भैरहेको जानकारी दिए । ‘झोले’ कै कथालाई निरञ्तरता दिदैं यतिबेला सान बस्नेतले ‘झोले’ सिक्वेलको कथा लेख्दैछन् । फिल्मका निर्माता टेकेन खड्का हुन् ।

तर,‘ ‘झोले २’ को छायाँकन तत्काल हुने छैन । फिल्म ‘पशुपती प्रसाद’ को छायाँकन पश्चात ‘झोले २’ को छायाँकन सुरु हुने निर्देशक खनालले जानकारी दिए । खगेन्द्र लामिछानेको शिर्ष भूमिका रहने ‘पशुपती प्रसाद’ को आउँदो चैत महिनाबाट छायाँकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्