लय संग्रौलाको ‘लोग्ने मान्छे’ लाई युनिभर्सल प्रमाण पत्र



रंग खबर, काठमाण्डौं । फिल्म ‘लोग्ने मान्छे’ सेन्सर पास भएको छ । यही माघ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मले सेन्सर वोर्डबाट युनिभर्सल प्रमाण पत्र पार्एको छ । यो प्रमाण पत्र पाएसँगै लय संग्रौला निर्देशित ‘लोग्ने मान्छे’ लाई हरेक उमेर समुहका दर्शकले हेर्न पाउनेछन् । चर्चित टेलिफिल्म निर्देशक लय संग्रौला निर्देशित यो पहिलो फिल्म हो ।

lognemanchey

फिल्म ‘लोग्ने मान्छे’ मा नायक दीलिप रायमाझी र नायिका नन्दिता केसीको मुख्य भूमिका छ । उत्तम केसीको परिकल्पना रहेको यो फिल्मले श्रीमान र श्रीमतीको सम्बन्धको कथा बताउँछ । यो फिल्मले नायक रायमाझीको स्टार पावरलाई फकाएने निर्माण पक्षले दाबी गर्दै आएको छ । दीलिप एक स्टार नायक थिए ।

नायिका नन्दिता केसीको लागि पनि फिल्म ‘लोग्ने मान्छे’ निकै महत्वपूर्ण भनिएको छ । अविवाहित नन्दिताले यो फिल्ममा दीलिपकी पत्नी भएर अभिनय गरेकी छन् । ‘लोग्ने मान्छे’ ले नियमीत पारिवारीक दर्शकलाई हलसम्म तान्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्