काठमाण्डू अन्तराष्ट्रिय फिल्म महोत्सवमा ५ नेपाली फिल्म



रंग खबर, काठमाण्डौं, माघ १९ गते, सोमबार

दोश्रो संस्करणको अन्तराष्ट्रिय फिल्म महोत्सव (किफ) मा पाँच नेपाली फिल्म प्रदर्शन हुँदैछन् । फेब्रुअरी २ तारिखबाट सुरु भएको ‘किफ’ मा पाँच नेपाली सहित १२ वटा विदेशी भाषाका फिल्महरुलाई देखाइनेछ ।

Kiff

किफको समुद्घाटनमा सुशिल पोखरेलको शिर्ष भूमिको रहेको फिल्म ‘वनफूल’ देखाइएको छ । किफको दोश्रो दिनमा रविराज अर्याल निर्देशित फिल्म ‘डा.खाते…’ देखाइनेछ । यो फिल्ममा निर्मात्री रोशनी केसीसँगै सडक बालबालिकाको समेत अभिनय रहेको । ‘डा.खाते…’ को देश तथा विदेशमा च्यारेटी भैरहेको छ । ‘डा.खाते…’ पनि सार्वजनिक प्रदर्शनमा आइसकेको छैन ।

‘किफ’ तेश्रो दिन फेब्रुअरी ४ तारिखमा फिल्म ‘पल’ लाई देखाइनेछ । केही वर्ष पहिले प्रदर्शनमा आइसकेको ‘पल’ मा निशा अधिकारी, राजवल्लभ कोइरालाको मुख्य भूमिका रहेको छ । ‘पल’ लाई रमेश बुढाथोकीले निर्देशन गरेका हुन् । त्यस्तै फिल्म ‘काठमाण्डू’ लाई फेब्रअरी ५ तारिखमा देखाइनेछ । सार्वजनिक प्रदर्शनमा आइसकेको ‘काठमाण्डू’ मा आकाश अधिकारीको निर्माण, निर्देशन एवं अभिनय रहेको छ ।

किफको अन्तिम दिन फेब्रुअरी ६ तारिखमा फिल्म ‘भिमदत्त’ प्रदर्शन हुनेछ । यो फिल्म फागुन २२ गते प्रदर्शनमा आउँदैछ । नवल खड्काको शिर्ष भूमिका रहेको फिल्म ‘भिमदत्त’ लाई हिमग्याप लामा ‘टासी’ ले निर्देशन गरेका हुन् । नेपाल फिल्म सोसाइटीले आयोजना गरेको दोश्रो संस्करणको ‘किफ’ को समापन फेब्रुअरी ६ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्