निखिलको ‘भैरव’ मा यसरी नाचिन् मेनुकाले (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । सर्लाहीमा ‘आउट–डोर सुट’ गरिएको निखिल उप्रेती निर्देशित एवं अभिनित फिल्म ‘भैरव’ को आइटम गीतको केही तस्बिरहरु बाहिरिएका छन् । तस्विरमा कलाकार मेनुका प्रधान मस्त र कामुक अवस्थामा देखिएकी छन् ।

bhairab 2

रामजी लामिछाने निर्देशित उक्त आइटममा मेनुकालाई अन्य डान्सरले साथ दिएका छन् । आइटममा नायक एवं निर्देशक निखिल उप्रेती पनि बिना डान्स प्रस्तुत हेनछन् तर निखिलको तस्बिर भने सार्वजनिक गरिएको छैन ।

bhairab

फिल्म ‘टलकजंग भर्सेस टुल्के’ को ‘नाचन मैयाँ’ बोलको आइटम हेरेपछि निखिलले मेनुकालाई ‘भैरव’ मा लिएका थिए । ‘गोली हो गोपि होइन’ बोलको आइटमको यतिबेला अन्तिम सम्पादन भैरहेको छ । नेपाली फिल्ममा लामो समयपछि पुनरागमन गरेका नायक निखिल उप्रेती निर्देशित फिल्म ‘भैरव’ बैशाख १८ गते प्रदर्शनमा आउँदैछ । भारतिय सिमानामा नेपालीप्रति हुने दमन र त्यसमा नेपाल प्रहरीको भूमिकालाई मुख्य विषय बनाइएको निखिलको ‘भैरव’ मा नायिका अनु शाह निखिलको अपोजिटमा छन् ।

bhairab 4

एक्सन स्टार निखिल उप्रेतीको फिल्म ‘भैरव’ मा एक्सन लेडी रेखा थापाले आइटम पस्कने खबरले एक समय खुबै चर्चा पाएको थियो । तर, निखिलको फिल्ममा रेखाले नाच्ने चर्चा चर्चामै सिमित रहन गयो । आफ्नै फिल्ममा व्यस्त भएपछि निखिलको ‘भैरव’ मा रेखाले आइटम पस्किनन् । रेखाको विकल्पमा निखिलले कलाकार मेनुका प्रधानलाई आइटममा नचाएका हुन् ।

bhairab 3

प्रतिक्रिया दिनुहोस्