भुलभुलैया गीत रिलिज : माया राम्रो डबल सिम, एउटा बिग्रे अर्को सिम (भिडियो)



रंग खबर, काठमाण्डौंं । योगेश घिमिरेद्वारा निर्देशित फिल्म ‘भुलभुलैया’ को रमाईलो गीत सार्वजनिक गरिएको छ । प्रल्हाद तिमल्सिना र मल्लिका कार्कीको स्वर रहेको ‘माया राम्रो डबल सिम’ बोलको गीत सार्वजनिक भएको हो ।

neeta dhungana

वसन्त सापकोटाले संगीत भरेको यस गीतमा फिल्मका मुख्य कलाकार जीवन लुईटेल र निता ढुङ्गानालाई देख्न सकिन्छ । गीतमा उनीहरुको गजबको ‘लभ क्यामेस्ट्री’ पाइन्छ । गीत सुन्दा रमाईलो र ‘क्याची’ भएकाले दर्शकले रुचाउने विश्वास राखिएको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्ममा बनिस शाहको सम्पादन रहेको छ । आउँदो चैत १३ देखि रिलिज हुने यो फिल्मको कथा शिवम अधिकारीले तयार पारेका हुन् । दिनेश कुमार पोखरेलको प्रस्तुती रहेको यो फिल्मलाई शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले सँयुक्त रुपमा निर्माण गरेका हुन् ।

Watch Song Here :-

[its_video]http://youtu.be/x6Uz8uSZQVo[/its_video]

 

प्रतिक्रिया दिनुहोस्