निर्देशक भन्छन्– ‘रिलिज मिति सर्दा ‘इच्छा’ लाई फाईदा’



रंग खबर, काठमाण्डौं । विविध कारणले गर्दा तोकिएको मितिमा फिल्म प्रदशर्न गर्न नपाउँदा निर्माण पक्षमा तनाव हुनुपर्ने हो । तर रिलिज मिति सारेर माघ २ बाट फागुन ८ मा पुगेको फिल्म ‘इच्छा’ का निर्देशक मुनाल घिमिरेले रिलिज मिति सर्दा झन् फाईदा पुगेको अभिव्यक्ति दिएका छन् । बन्द र हडतालको चपेटामा पर्ने भएपछि ‘इच्छा’ को रिलिज मिति सरेको थियो ।

DSC_1387
‘मिति सर्दा चलचित्रलाई झन् फाईदा भएको छ । बन्दले तनाव दिएको थियो । जाडो पनि धेरै नै थियो, जसका कारण बिहान र बेलुकाका शोहरुमा दर्शक आउन गाह्रो थियो ’, निर्देशक घिमिरेले भने– ‘अहिले बन्द पनि छैन, जाडो पनि घटिसक्छ ।’ यो फिल्म प्रचार–प्रसारको अन्तिम चरणमा आएर रिलिज रोकिएको थियो । तर मुनालले अझै पनि प्रचार–प्रसारमा बढि समय पाएको बताए । ‘मिडियामा एक हिसाबको प्रचार–प्रसार भएकै छ, अब देश दौडाहामा लाग्छौँ घिमिरेले बताए’, उनले भने ।

त्यस्तै ‘इच्छा’ का निर्माता प्रकाश घिमिरेले आफुलाई माघको रिलिजबाट जति आशा थियो त्यो भन्दा बढि अहिले आशा रहेको उल्लेख गरे । पहिलेको भन्दा अहिलेको रिलिज मिति उत्तम हुनुले नै आशा बढाएको उनले बताए ।

DSC_1332

‘इच्छा’ मा दयाहाङ् राई, सुवास थापा, शिखा शाहि लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यो फिल्मलाई रिलिज मिति सर्दा फाइदा पुग्छ या पुग्दैन, त्यो त रिलिज भएपनि नै थाहा हुन्छ । कि कसो ?

प्रतिक्रिया दिनुहोस्